प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञात-अज्ञात
शहीदहरुको सम्झनामा प्रत्येक वर्षमाघ १० गतेदेखि
शहीद सप्ताहका रुपमा सप्ताहब्यापि कार्यक्रम आयोजना गरी १६ गतेकादिन 'शहीद दिवस' मनाउने चलन रहिआएको छ । औपचारिक रुपमा प्रथम शहीद भनी
घोषणा नभए पनि तानाशाही राणा शासनविरुद्ध लड्दा वि.सं.१९३३ मा मारिएका पहिलो शहीद लखन थापामगर थिए । मुलुकमा स्वतन्त्रता मानवअधिकार र प्रजातन्त्रबहालीका लागि जहाँनिया राणा शासनको विरोधमा लागेका कारण वि.सं.१९९७ माघमा शुक्रराज शास्त्री र धर्ममक्त माथेमालाई भुण्ड्याएर मारेका थिए भने दशरथ चन्द र गंगालाल श्रेष्ठलाई गोली हानी मारियो । टङ्कप्रसाद आचार्य र रामहरि शर्मालाई ब्राम्हण भएकाले मृत्युदण्ड नदिई चारपाटा मुडेर नेल सिक्रीसहित आजीवन काराबासको सजाँय दिइएको थियो । जन्मकैद र सर्वस्वहरण सजाँय् पाउनु भएका गणेशमान सिंह भने २००१ सालमा भद्रगोल जेलबाट भागेर भारत पुग्न सफल हुनुभएको थियो ।शहीदहरुको सम्झनामा प्रत्येक वर्षमाघ १० गतेदेखि
शहीद सप्ताहका रुपमा सप्ताहब्यापि कार्यक्रम आयोजना गरी १६ गतेकादिन 'शहीद दिवस' मनाउने चलन रहिआएको छ । औपचारिक रुपमा प्रथम शहीद भनी
राणाहरुको यही क्रुर कुकृत्यको कारण २००७ सालको प्रजातान्त्रिक आन्दोलन सफल पार्न पृष्ठभूमि तयार भयो । सशत्र क्रान्ति गर्ने उद्देश्यले थीरबम मल्लको नेतृत्वमा मुक्ति सेना गठन भयो । बीरगंजबाट शुरु भएको सशस्त्र क्रान्ति देशभरि फैलियो । यसै क्रममा थीरबम मल्लले बीरगंजमा बीरगति प्राप्त गरे । सात सालको आन्दोलनबाटै एक सय चार वर्षसम्मको तानाशाही एकतन्त्रीय राणा शासनको अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापना भयो ।
संसारमा असंख्य मानिस जन्मेका छन् र मरेका छन् । ती सबैको नाम विश्वको इतिहासमा लेखिएको छैन । इतिहासमा त्यस्ता मानिसको नाममात्र लेखिन्छ जसले जन्मभूमिको स्वतन्त्रताको लागि आफ्नो अमूल्य जीवन अर्पण गर्दछन् । त्यसैगरी जसले प्रजातन्त्र मानवअधिकार र राष्ट्रका लागि सहादत प्राप्त गर्छन् तिनको नाम अमर हुन्छ । ती मरेर पनि तिनको नाम तिनको काम तिनले गरेको योगदानले अमर हुन्छन् । तिनको सम्झनामा राज्यले नै सम्मान व्यक्त गर्दछ । नेपालको सन्दर्भमा ती चार बीर पुरुषले अमरत्व प्राप्त गरेको ७० वर्ष वितिसकेको छ । त्यस पछि २००७, २०४६, दश वर्षे जनयुद्ध र ०६२/६३ को क्रान्ति तथा आन्दोलनका क्रममा शहीद हुनेहरुको पंक्तिमा ज्ञात-अज्ञात रुपमा हजारौं लाखौं लामबद्ध भइसकेका छन् ।
माओवादीले जनयुद्धमा मारिएका १० हजारलाई शहीदको सूचीमा राखेका छ । जनआन्दोलन २०६२/०६३ मा मारिएका २५ जना र तराई मधेस आन्दोलनमा मारिएका २४ जनालाई शहीद घोषणा गरिएको छ । त्यस्तै कर्मचारी शहीद १७ जना, धार्मिक शहीद २ जना र पत्रकार शहीद २ जनाको पनि सूची राखिएको छ । समाज राजनीति र राष्ट्रको व्यवस्था परिवर्तनका लागि लड्ने भन्दा पनि सडकमा विरोध गर्ने क्रममा मारिएका र जुनसुकै सानातिना घटनामा मर्नेहरुका परिवारलाई १० लाख क्षतिपूर्ति दिने र मृतकलाई शहीद मान्न थालेपछि शहीदको संख्या बढीरहेको छ भने शहीदको सम्मान र मूल्य घट्दै छ । राजनीतिक नेतृत्व जिम्मेवार रुपमा प्रस्तुत हुन नसकेकाले आन्दोलन र विरोध मत्थर पार्न शहीदलाई सस्तो बनाइएको छ । शहीद शब्दकै अपमान हुने गरी जुनसुकै दुर्घटनामा मरेको व्यक्तिलाई पार्टीको झण्डा ओढाई क्षतिपूर्ति सहित शहीद घोषणा गर्ने संस्कार प्रोत्साहित गर्दै सरकारले आधिकारिक रुपमै ६ हजार ३ सय ४४ जनालाई शहीद घोषणा गरिसकेको छ । यसरी शहीदको विषयमा संकीर्ण र अभद्र राजनीति गर्नु सांस्कृतिक दरिद्रताको पहिचान हो ।
शहीदहरुले परिकल्पना गरेका शोषणरहित समाज र आजको हाम्रो समाजको तुलना गर्ने हो भने आजको समाज विभिन्न किसिमका विकृति र बिसंगतिले भरिएको देखिन्छ । व्यक्तिगत र दलगत स्वार्थका कारण हाम्रो समाज एक अर्काप्रति उत्तरदायित्वविहीन बन्दै गइरहेको छ । व्यक्तिको आचरण र मानवीय मूल्य र मान्यताको दिनप्रतिदिन अवमूल्यन हुँदै गइरहेको छ । प्रजातान्त्रिक राजनीतिमा आस्था र विश्वास राख्ने राजनीतिक दलहरुमा अप्रजातान्त्रिक तथा दलीय स्वार्थको संस्कार धनिभूत हुँदै गएको छ । जसको परिणामस्वरुप देशमा विभिन्न किसिमका अस्थिरता अन्योल र अनिश्चितताको वातावरण व्याप्त हुँदै गएको छ ।
दशरथ चन्द
दशरथ चन्दको जन्म वि.सं. १९६० असारमा बैतडी जिल्लाको बस्कोटमा पिता
शेरबहादुर चन्द र आमा ओजकुमारी चन्दको कोखमा माहिला छोराका रूपमा भयो । शहीद माइला भन्नाले दशरथ चन्द बुझिन्छ । उहाँमा पितालाई सुर्खेतमा टुँडिखेल बनाउने लेफि्टनेन्ट शेरबहादुर चन्दका नामले चिनिन्छ । राणाशासनका विरोधीहरूमा सबैभन्दा सशक्त व्यक्तित्व स्व. चन्दले मानविकी तथा समाजशास्त्र विषयमा बनारसबाट प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको थियो । त्यसअघि उहाँले नेपालगञ्ज, अल्मोडा, कुमाउँ, नैनीताल जस्ता ठाउँमा पढनुभयो । त्यहीबेला उहाँ काशी नागरिक प्रचारिणी सभामा रहेर राजनीति गर्न थाल्नुभयो । महात्मा गान्धीले भारतमा प्रारम्भ गर्नुभएको सत्याग्रहमा उहाँले सक्रियरूपमा भाग लिनुभएको थियो । वि.सं. १९९० साल बारा जिल्लाको मौवादहमा टंकप्रसाद आचार्यसँग दशरथको पहिलो पटक भेट भयो । वि.सं. १९९१ मा उहाँ सहयोगी शिवदत्त भट्टका साथ बर्मा पुग्नुभयो । त्यसपछि थाइल्यान्ड पुगेर नेपालमा सशस्त्र क्रान्ति गर्ने योजना बनाउनु भयो । उहाँ नेपाल प्रजापरिषद्को कार्यकर्ता हुनुहुन्थ्यो । उहाँ सेवासिंह भन्ने छद्मनामबाट राणाविरोधी लेख छाप्नुहुन्थ्यो । दशरथ चन्द र गङ्गालाल एउटै जेलको कोठामा पर्नुभएको थियो । तत्कालीन राणासरकारले वि.सं. १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दियो । उहाँ अविवाहित नै शहिद हुनुभयो । दशरथका जेठा बुबा रबी चन्द र कान्छा बुबा सुबेदार दलबहादुर चन्द थिए भने माइलाका दाई गोकर्ण चन्द थिए । भाई ललित चन्द पनि २०५१ सालमा बिते । चश्मा लगाउने दशरथ चन्द गाउँमा प्रत्येक घरमा जानुहुन्थ्यो । दिदी, बहिनी, भाउजूहरूसँग ख्याल-ठट्टा गर्नुहुन्थ्यो । उहाँलाई भोक लागेमा जुन घरकी भाउजूसँग पनि मागेर खान हिच्किचाउनु हुन्थ्यो । मोही शहीदलाई खुब मनपर्थ्यो । बनारसमा स्नातक सकेर आउनु भएका युवा दशरथको विवाह काठमाडौंको राणा खानदानकी जुलिया मैयासँग गर्न भनेर दुईपटक जन्ती गए तर केटीको परिवारमा 'जुठो सुत्केरो' परेकाले विवाह हुन सकेन, जन्ती रित्तै फर्क्यो ।
गंगालाल श्रेष्ठ
स्व. भक्तलाल श्रेष्ठ र माता तुलसीमाया श्रेष्ठका छोरा गंगालालको जन्म
१९७५ सालमा रामेछापको भँगेरी गाउँमा भएको थियो । आफ्ना काकासँगै भारतको कलकत्तामा बसी २-३ बर्ष पढेपछि उहाँ काठमाडौँ र्फकनुभयो । वि.सं. १९९४ मा उहाँले दरबार हाई स्कूलबाट पहिलो श्रेणीमा एस्.एल्.सी. उत्तीर्ण गर्नुभयो र त्रि-चन्द्र कलेजमा आई.एस्सी.पढ्दै हुनुहुन्थ्यो । गंगालाल कलाकार तथा महावीर संस्थाका कार्यकर्ता हुनुहुन्थ्यो । महावीर संस्थामा राणाविरोधी प्रवचन र क्रियाकलापहरू हुन्थे । राणासरकारले गंगालाललाई शुक्रराजको सभामा-वि.सं.१९९५ सालमा असन र इन्द्रचोकमा- राणाशासनविरुद्ध बोलेबापत पक्राउ परि छुट्नुभयो । दशरथ चन्दको संगतबाट प्रजापरिषदको सदस्यता लिनुभई राणाविरोधी गतिविधिमा सक्रिय हुनुभयो । प्रजापरिषद्को गतिविधिमा लागेबापत १९९७ साल कात्तिक २ गते पक्राउ गर्यो । उहाँलाई १९९७ साल माघ १५ गते दशरथ चन्दसँगै सेन्ट्रल जेलबाट घरछेउको बाटोबाटै लगी बिष्णुमतीको बगरमा रहेको शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइयो । उहाँ विवाहित हुनुहुन्थ्यो । पत्नीको नाम हसिनादेवी हो ।

धर्मभक्त माथेमा
धर्मभक्त माथेमाको जन्म पिता सुब्बा आदिभक्त माथेमा र माता चन्द्रकुमारी
देवीको कोखबाट वि.सं. १९६६ असोजमा काठमाडौँको ओमबहालमा भएको थियो । बुबा आदिभक्त राणाहरूका लागि भारतबाट सामान ल्याउनुहुन्थ्यो । त्यही कारणले धर्मभक्तले दार्जिलीङमा शिक्षा आर्जन गर्नुभयो । केही समय कलकत्तामा पनि पढनुभयो । शरीर दुब्लो भएकाले व्यायाम गर्न थाल्नुभयो । बङ्गालको शारीरिक व्यायामशालाबाट उहाँ बङ्गाल च्याम्पीयन भएर नाम कमाउनुभयो । बङ्गाल अंग्रेजकै पालाबाट राजनीतिक चेतना भएको ठाउँ थियो । त्यहीँबाट उहाँलाई राजनीतिको ज्ञान मिल्यो । उहाँको सम्पर्क बङ्गाली नेता चित्तरन्जन दाससँग भयो । केही समयपछि उहाँका बुबालाई श्री ३ जुद्ध शमशेरले निर्वासित गरिदिए । वि.सं. १९९० मा धर्मभक्त माथेमाको उत्तरादेवीसँग वैवाहिक सम्बन्ध कायम भयो र उहाँले भारतको स्कटिस चर्च कलेजबाट आई.ए.उत्तीर्ण गर्नुभएको थियो । वि.सं. १९९० सालमा दशरथ चन्दसँग धर्मभक्तको भेट भयो । पछि चन्द पनि प्रजापरिषद्को संस्थापक सदस्य हुनुभयो । उहाँले घोडेजात्रामा टुँडीखेलमा शारीरिक तन्दुरुस्ती र व्यायामको प्रदर्शनी गर्दा राजा त्रिभुवन ज्यादै प्रभावित होइबक्स्यो । उहाँ स्व. श्री ५ त्रिभुवनका व्यायामशिक्षक हुनुभयो ।उहाँले १९९३ सालमा आफ्नै फुपूको घरमा नेपाल प्रजापरिषद्को स्थापना गर्नुभएको थियो । प्रजापरिषद् र श्री ५ त्रिभुवनका बीचमा उहाँबाटै सम्पर्क भयो । लैनचौरमा श्री ५ र प्रजापरिषद्बीच भएको सम्पर्क राणाहरूले चाल पाए । धर्मभक्तलाई पक्राउ गरियो । वि.सं. १९९७ माघ १२ गते उहाँलाई सिफलमा फाँसी दिइयो ।

No comments:
Post a Comment