रोमाञ्चकताका लागि मसाज थेरापी

अधिकांश परिस्थितिमा विवाहको केही समयपछि श्रीमान्-श्रीमती एक-अर्काबाट बोर हुन थाल्छन्। यसको एउटा कारण हो, आफ्नो जीवनलाई बोरिङ बनाउनु। त्यसमा कुनै खालको रोमाञ्चता नहुनु। यो आफैमा निर्भर गर्छ कि तपाईंले यसलाई कसरी रोमाञ्चक बनाउनुहुन्छ। मसाज थेरापी एउटा यस्तै उपाय हो जसका माध्यमबाट आफ्नो बोरिङ जीवनलाई चटपटा बनाएर त्यसमा रोमाञ्चकता संचार गर्न सकिन्छ।

मसाज थेरापी

मसाज एउटा त्यस्तो थेरापी हो, जसका माध्यमबाट आफ्नो शरीरलाई आराम प्रदान गर्न सकिन्छ साथै यसबाट रक्तसञ्चार पनि राम्रोसँग हुन्छ। यौनांग र मांसपेशीलाई नयाँ रूप एवं पोषण प्राप्त हुन्छ। परिणामस्वरूप यौन सक्रियता पनि बढ्छ।

मसाज गर्ने टिप्स

एक-अर्कासित रोमान्स गर्न सबैभन्दा पहिले नरम खालको ओछ्यानको आवश्यकता हुन्छ तर मसाजका लागि स्थान चयन गर्दा एकान्त वातावरणमा ध्यान पुर्‍याउनुपर्छ। यसबाहेक जमिनमा म्याटमा ओछ्याएर पार्टनरको घाँटी, कुहिना र घुँडाको तलसम्म मसाज गर्न सकिन्छ।

सुगन्धित तेलको प्रयोग

जब आफ्नो हल्का र न्यायो हातबाट पार्टनरको शरीरमा तेल लगाइन्छ तब उनमा नयाँ अनुभव संचार हुन्छ। तेलले आफ्नो हात उनको शरीरबीच घर्षण हुन्छ। आफ्नो पार्टनरको थाकेको शरीर र खिचिएको मसल्सलाई आराम प्रदान गर्नुपर्छ। मसाजका लागि नरिवल, जैतुन, तिलको तेलका साथै अन्य सुगन्धित तेल प्रयोग गर्न सकिन्छ। सुगन्धित तेलको प्रयोगले सेक्सुअल पावर अझ बढ्छ।

शान्त वातावरण

आफ्नो पार्टनर सामु खुल्ला केश र ट्रान्सपरेन्ट नाइटीको साटो आफ्नो केशलाई बाँधी टाइट फिटिङ पहिरन लगाएर जानुपर्छ। कोठाको वातावरणलाई पूर्णरूपले शान्त राख्नुपर्छ। यसबाहेक मन्द गतिको रोमान्टिक संगीत बजाउन सकिन्छ।

शरीरको कुनै भागको छनोट 

मसाज गर्नुपूर्व पार्टनरको शरीरको कुनै हिस्सा छनोट गर्नुपर्छ, जसबाट आफ्नो ध्यान मात्र त्यही स्थानमा केन्दि्रत रहोस्। यसका लागि पार्टनरको रुचि पनि थाहा पाउन सकिन्छ। त्यसपछि मसाज गर्नु उचित हुन्छ। राम्रो मसाजका लागि आफ्नो हातलाई कसरी कुन रूपमा चलाउने हो जानकारी हुनुपर्छ। मसाज हल्का हातले मन्द गतिमा गर्नुपर्छ।

भावना बुझ्नुपर्छ 

मसाज गर्दा पार्टनरलाई कस्तो अनुभव भैरहेको छ भन्ने कुरा पनि बुझ्नुपर्छ। सेक्सी टच अर्थात् स्पर्शको विशेष भूमिका हुन्छ। विस्तारै चलाउँदा र स्पर्श गर्दा यौन इच्छा पनि बढ्छ। कतिपय अवस्थामा यो उपायले मानिसलाई चरम सुखमा पनि पुर्‍याउँछ। हल्का हात प्रयोग गरी विस्तारै दबाएर मसाज वा स्पर्श गर्दा पनि रोमाञ्चकता बढ्छ।


No comments:

Post a Comment