'काम’ किन भयो बेकाम ?

श्रीमान्-श्रीमती दुवैको सामिप्यता स्पर्श, आलिंगन, चुम्बन आदि क्रियाकलापले विकार मानिएको काम भावना जगाउने सम्भावना हुने हुँदा, त्यसलाई दमन गर्ने यही नै हो सबैभन्दा सरल उपाय हो। यो उपाय अवलम्बन गरिएन भने त्यसमा फेरि प्राकृतिक नियम स्वतः लागू हुन्छ र पुरुषभित्रको पुरुषत्व अनि महिलाभित्रको स्त्रीत्व जागृत हुन्छ र त्यसको निकासका लागि यौनको आवश्यकता हुन्छ। संस्कार, परम्परा, अभ्यास, अध्ययन, अनुभूति जस्ता कुराहरूका अतिरिक्त एउटा अर्को कुरा पनि छ, जसको आचारसंहिता भित्र मानिस मात्र होइन सम्पूर्ण जीवजन्तु र वनस्पतिसमेत बाँधिएका छन् । त्यो कुरा प्राकृतिक नियम हो । भोक होस् वा निद्रा, लगाउँछु भनेर लाग्दैन आपै+m लाग्छ । सृष्टिलाई निरन्तरता दिन मात्र होइन, शारीरिक एवं मानसिक सन्तुष्टि अनि तृप्तिका लागि सम्पूर्ण जीवजन्तुका लागि प्राकृतिक उपहार हो- यौन समागम ।

यौनका सन्दर्भमा कुन सीमा सम्म अत्यावश्यक र कुन सीमा नाघ्यो भने विकार हो भनेर सिंमाकन गर्नु आवश्यक हुन्छ । कामका विभिन्न रूपमध्ये व्यभिचार, दुराचार, बलात्कार र अति कामुक प्रवृत्ति निश्चय पनि विकार हुन् जसका कारण समाजमा विभिन्न अपराध एवं हिंसा देखा पर्छ, तर सत्य, द्वापर, त्रेता र कलियुगमा समेत धर्म, संस्कार, परम्परा, समाज र कानुनले समेत मान्यता स्थापित गरेको र विज्ञानले पनि अपरिहार्य आवश्यकताका रूपमा मान्यता स्थापित गरेको श्रीमान्-श्रीमतीबीच हुने समर्पण युक्त शारीरिक सम्पर्क कसरी विकार हुनसक्ला ?

श्रीमान्-श्रीमतीको बीचमा विश्वास एवं आत्मियता छ भने उनीहरूबीचको सामिप्यता, स्पर्श, आलिंगन, चुम्बन आदि क्रियाकलापले जन्माउने भाव हो- कामवासना । ती क्रियाकलाप बेगरको कामवासना भनेको यौन आशक्ति मात्र हो र त्यसपछिको शारीरिक सम्पर्क भनेको बलात्कार नै हो चाहे त्यो श्रीमान-श्रीमतीबीचमै किन नहोस् । एउटाको मनमा काम भाव उत्पन्न भयो र अर्कोको मनमा वितृष्णा भने त्यसले पनि एउटाको स्वार्थपूर्तिका कारण अर्कोले बलात्कारको सिकार बन्नुपर्छ । शारीरिक बनावट र अंगको संरचना निर्माण गर्दा प्रकृतिले नै गरिदिएको भेदभावका कारण महिलाले त्यो शारीरिक एवं मानसिक शोषणको शिकार बन्नुपर्ने वाध्यता हुन्छ । त्यसैले कामवासनाको भाव श्रीमान-श्रीमती दुवैको मनमा समानान्तर रूपमा जाग्नुनै चरम सन्तुष्टि र तृप्तिको आधारशीला हो । श्रीमान-श्रीमतीबीचमा पनि काम वासनालाई विकार मान्ने हो र वासनारहित दाम्पत्यको कल्पना गर्ने हो भने, आमा, बाबु, छोरा-छोरी, नोकर चाकर वा अन्य सदस्यबीचको सम्बन्ध र श्रीमान्-श्रीमतीको सम्वन्धमा के नै भिन्नता रहन्छ र ? दैनिक कामको जिम्मेवारी बाँडफाँड गर्ने अनि आ-आपmनो काम र जिम्मेवारी पूरा गर्न जुट्ने जस्ता कार्यले जीवन एउटा रुटिनमा ढालिएको दिनचर्या मात्र बन्न पुग्छ ।

श्रीमान्-श्रीमती दुवैको सामिप्यता स्पर्श, आलिंगन, चुम्बन आदि क्रियाकलापले विकार मानिएको काम भावना जगाउने सम्भावना हुने हुँदा, त्यसलाई दमन गर्ने यही नै हो सबैभन्दा सरल उपाय हो । यो उपाय अवलम्बन गरिएन भने त्यसमा फेरि प्राकृतिक नियम स्वतः लागू हुन्छ र पुरुषभित्रको पुरुषत्व अनि महिलाभित्रको स्त्रीत्व जागृत हुन्छ अनि त्यसको निकासका लागि यौनको आवश्यकता हुन्छ । समागम पूर्वका अन्य सबै क्रियाकलाप भएर पनि यौन इच्छा जागृत नहुनु भनेको नपुंसकत्वको अवस्था हो जसलाई विकार मान्न सकिन्छ । जीवनको माधुर्यता र मिठासको परित्याग मात्र होइन उत्साह, उमंग र रोमान्सबाट जुन उर्जा उत्पन्न हुन्छ त्यसको मुहान पनि बन्द हुन्छ । सक्रिय र जागरुक जीवन जिउन आवश्यक ऊर्जा प्राप्तिका लागि योग साधनाको मार्ग देखाउँछन् योग गुरुहरू । व्यायाम र प्राणयाम जस्ता योग साधनाको माध्यमबाट जीवनलाई स्वस्थ्य र स्फुर्त बनाउन सकिन्छ । शारीरिक एवं मानसिक रूपमा अस्वस्थ व्यक्तिमा काम भावना पनि स्वतः निस्तेज र निस्कृय हुन्छ भने तुलनात्मक रूपमा स्वस्थ्य व्यक्तिमा त्यो भावना सक्रिय रूपमा जागृत हुन्छ ।

व्यायाम र प्राणयाम बाट प्राप्त हुने मानसिक एवं शारीरिक स्वास्थ्य लाभसँगै काम भावना पनि जागृत हुन्छ भने त्यसलाई जगाउन सहयोग गर्ने योग गुरुहरूनै किन यसलाई विकार भन्छन् ? यसलाई विकारका रूपमा यस अर्थले पनि बुझाइन्छ कि कामक्रिडापश्चात् वीर्य स्खलन हुने हुँदा त्यो वीर्यसँग सँगै जीवनको महत्वपूर्ण उर्जा खेर जान्छ । वीर्यको सञ्चय गरेर जीवनलाई ऊर्जामय बनाउन सकिन्छ भन्ने मानसिकतामा बिनातथ्यको छाप लगाइन्छ । यसको कुनै वैज्ञानिक आधार छैन ।

जीवधारीहरूमा पसिना, सिंगान, आँसु, मल, मूत्र आदि त्याज्य पदार्थका रूपमा प्राकृतिक रूपमा निर्माण भएको हुन्छ । त्यस्तै वीर्य पनि त्याज्य तत्व नै हो फरक यतिमात्र हो कि सृष्टिलाई निरन्तरता दिन त्यसमा शुक्रकिट समाविष्ट हुन्छन् । बीर्य स्खलनबाट जीवनको ऊर्जा नष्ट हुने हो भने, ब्रम्हचर्य पालन गर्नेहरू अझ त्यसमा पनि बाल ब्रम्हचारीहरू ऊर्जाको तेजका कारण शारीरिक रूपले हृष्टपुष्ट अनि मानसिक तिक्ष्णता र ज्ञानको भण्डारले विश्वमै चर्चित व्यक्तित्वका रूपमा देखापर्नुपर्ने हो । मानिस र पशुको शारीरिक बनोट र अंगको संरचना भिन्न-भिन्न भए पनि कामक्रीडाको प्रकृति एउटै हो । बिऊका लागि पालिएको बोको, साँढे वा राँगो अति कामुक हुन्छन् र उनीहरूको प्रयोजननै स्त्रीलिङ्गी पशुसँग समागम गराउनु हो । कलिलो उमेरमै प्रजनन शक्ति नष्ट हुने गरी अण्ड बिच्छेद पारिएका खसी, गोरु र रांगोको तुलनामा बिऊको बोको, साँढे, राँगो नै हृष्टपुष्ट र बलवान देखिन्छन् ।

समय-समयमा गरिने रक्तदानले शरीरमा रगतको मात्रा घट्दैन । प्राकृतिक रूपबाटै पूर्ति हुन्छ । तर, कुनै दुर्घटना बाट बढी रक्तश्राव भयो भने रक्त अल्पताका कारण प्राण जान्छ । त्यसैले कामक्रिडामा पनि अति सर्वत्र बर्जयेत् को मान्यता लागू हुन्छ । बढी कामुक व्यक्तिले काम इच्छामा नियन्त्रण नगर्ने हो भने, सम्पूर्ण ध्यान त्यसैमा केन्द्रीत हुने हुँदा त्यही कुरा अन्य सामाजिक क्रियाकलाप बाधक बन्न पुग्छ ।

श्रीमान्-श्रीमतीबीचमा जागृत हुने काम भावना र कामक्रिडा भनेको दुवैलाई शरीर, आत्मा एवं भावनाले एकाकार बनाउने मात्र होइन कि दुवैको बीचमा श्रद्धा, समर्पण, विश्वास र प्रेमले जीवनलाई सुमधुर तथा ऊर्जामय बनाई सुनिश्चित भविष्य निर्माणमा समान सहभागिता र उपलब्धि हासिल गर्ने भरोसा युक्त कार्य हो । जुन कहिल्यै विकार हुन सक्दैन ।