मोबाइलमा मिगको मज्जा

इन्टरनेटको प्रेममा परेको युवा पुस्ता विभिन्न सामाजिक सञ्जालहरूमा भुलिएको छ । फेसबुक, निम्वज, याहु, ईबडी र हाइफाइभजस्ता सोसियल साइटमा रमाइरहेको युवापुस्ता मोबाइलमा भने मिगको मज्जामा डुबेको देखिन्छ । मिग फेसबुकभन्दा भिन्न छ । फेसबुकमा प्रायः सेलिबि्रटी एवं राजनैतिक व्यक्तिहरूको सहभागिता रहने गरेको छ भने मिग युवापुस्ताको पेवा बनेको छ ।

मिगमा अण्डा लेभलदेखि डायमन्ड लेभलसम्मको यात्रा हुन्छ । त्यसका लागि समय र सक्रियता आवश्यक हुन्छ । यहाँ भावुकतामा डुब्नुहोस अथवा रमाइलो च्याट गर्नुस्, त्यो तपाईंमा भर पर्छ । मिग चलाउन अंग्रेजी नै आउनुपर्छ भन्नेछैन । नयाँ साथी बनाउन र रमाउन युवाहरू मिग च्याटमा छिर्छन् ।

मिगमा उनीहरू लेडी लभर, साइको, धराने केटो, पोखरेली गर्ल, केटीएम एन्जलजस्ता छद्म नाममा भेटिन्छन् । यसको अर्को मज्जा एक-अर्कालाई नचिन्नु पनि हो । धरानका प्रकाश राई पनि बेलुकी हुनेबित्तिकै मोबाइलमा अन लाइन मिग च्याट यात्रामा निस्कन्छिन् । राई भन्छन्- 'मिगले मोहनी नै लगायो, दिनको एकपल्ट त छिर्न मन लागिहाल्छ ।' मोबाइलमा इन्टरनेट एक्सेस उपलब्ध भएपछि मिग चलाउनेहरूको लहरै चलेको छ । कलेज जाँदा होस् अथवा बेडमा आराम गर्दा होस्, युवापुस्ताको समय मिगमै व्यतीत हुने गरेको छ । उनीहरूको मिग च्याट मिस हुँदैन, दमकका मिग युजर वेक्रस पनि मिगमा लहसिएको धेरै भैसकेको छ । मिग लेभल ३० भएका वेक्रस भन्छन्- 'म त पाँचदेखि आठ घण्टासम्म मिगमै रमाउँछु ।'

मिगको च्याटमा सर्टकर्ट शब्द पनि प्रयोग हुन्छन्, जुन मिग क्रेजीहरूले मात्र बुझ्न सक्छन् । यसले पनि च्याटमा मज्ज्ाा आउने उनीहरू बताउँछन् । धअ अर्थात् वेलकम, कुनै च्याटरुममा प्रवेश गर्दा मित्रले स्वागतका रूपमा पठाउने शब्द हो । यदि च्याट रुम अथवाप्राइभेट च्याट छाडेर जाँदै हुनुहुन्छ भने अग अर्थात् फेरि भेटौंला भन्ने उत्तर आउँछ । छक्क पर्दा भने सर्टकर्ट omन

अंग्रेजी अक्षर प्रयोग गरिन्छ । इमोटिक्सले पनि अर्कै मज्जा दिन्छ । मिगमार्फत मानवीय हाउभाउका थुप्रै संकेत साथीलाई सेन्ड गर्न सकिन्छ । मोबाइलको सानो स्त्रिmनमै च्याट गर्न मिल्ने सोसियल च्याट हो- मिग  । मिगमा प्रयोगकर्ताले साथीसँग च्याट गर्न, इमेल गर्न, तस्बिर आदान-प्रदान गर्न, कल गर्न, गेम खेल्न, रुपैयाँ वा गिफ्ट पठाउन, आफ्नो छुट्टै च्याट रुम बनाउन तथा इमोटिक्सहरू सेन्ड गर्न पाउँछन् । अर्को मज्जा थुप्रै मिग साथीहरूलाई ग्रुप च्याटमा पनि बोलाउन मिल्छ । मिगले प्रयोगकर्ताको लेभल पनि निर्धारण गरेको हुन्छ । जति मिग चलाउँदै गयो उति-उति प्रयोगकर्ताको जिम्मेवारी बढ्दै जान्छ । प्रयोगकर्ताले आफ्नै रुम निर्माण गर्न सक्छन् भने रूममा जे पायो त्यही लेख्नेलाई निष्कासन पनि गरिन्छ ।  अहिले मिगमा नयाँ फुट पि्रन्ट पनि देखिन थालेको छ, जसको माध्यमबाट क-कसले मिग प्रयोगकर्ताको प्रोफाइल हेरेका छन् त्यो मिगमा देखिन्छ भने यसले नोटिफिकेसन पनि डिस्प्ले गर्छ । कसैलाई मिग च्याटमा बोलाउनु परे बजबाट म्यासेज पठाउने सिस्टम पनि छ । जसले मिग च्याट प|mेन्डको मोबाइलमा साथीले च्याटमा बोलाएको म्यासेज लान्छ ।

यसबाट फेसबुक, हटमेल, जिमेल, याहु आदि अन्य सामाजिक साइटमा लगइन गरिएको छ भने च्याट गर्ने सुविधा पनि हुन्छ । मिगमार्फत एउटै मोबाइलबाट अन्य सोसियल साइटका मित्रसँग च्याट गर्न मिल्छ । यी सबै कुरा सानो मोबाइलको स्त्रिmनमा पाइन्छ । मोबाइलमै उपलब्ध यो च्याट सुविधा कसैलाई एकैचोटि मायाको साइनो लाउने सजिलो माध्यम त कसैलाई सस्तोमा च्याट गर्ने गतिलो साधन बनेको छ । मिगको नशामा परेर होला, कतिपय युवा जुनसुकै ठाउँमा पनि मोबाइलमा च्याट गरिरहेका हुन्छन् । नेपाल टेलिकम तथा एनसेलको मोबाइल एक्सेस इन्टरनेट सेवा विस्तारपछि यसका प्रयोग कर्ताहरूको संख्या ह्वात्तै बढेको हो । नेपालमा मिग चलाउने प्रयोगकर्ता १ लाखभन्दा बढी भएको अनुमान छ । सहर केन्दि्रत मिग च्याट अहिले इन्टरनेट एक्सेस गाउँमा पनि पुगेकाले थुप्रै गाउँका युवा पनि मिगमा रमाउन थालेकाले यो संख्या अझ बढ्न सक्छन् । मोबाइलमा सबैभन्दा पहिले च्याट सुविधा प्रदान गरेको दाबी गर्नेे मिगका प्रयोगकर्ता २ सयभन्दा बढी देशमा फैलिएका छन् ।  मोबाइलमा मिग चलाउन www..mig33.com मा गएर निःशुल्क सफ्टवेयर डाउन लोड गर्न सकिन्छ । युएस कम्पनी सिलिकन भ्याली भेन्चर र्फम एक्सल पार्टनर, रेडपोइन्ट भेन्चर तथा डीसीएमले संयुक्त रूपमा सन २००५ देखि यो साइट सञ्चालनमा ल्याएका हुन् ।

याहु मेसेन्जरमा बेग्लै आनन्द   
सामाजिक सञ्जाल फेसबुकमा अश्लीलता बढेको र यसलाई नेपालमा बन्द गर्नुपर्छ भन्ने आवाज उठिरहेका बेला युवाहरू भने याहु मेसेन्जरमार्फत अश्लील क्रियाकलापमा व्यस्त हुन थालेका छन् । फेसबुकमा अश्लीललता बढेको सार्वजनिक भएपछि बाबु-आमाले गाली गर्लान भन्ने डरले युवा युवती याहु च्याटतर्फ आकषिर्त भएको पाइन्छ । नेपालमा याहु मेसेन्जरलाई अहिलेसम्म  सभ्य साइट मानिन्छ ।

याहु मेसेन्जरमा आफूले एड गरेका बाहेकका अनलाइन प्रयोगकर्तासमक्ष पनि पुग्न सकिन्छ । याहुको म्यासेन्जरभित्र प्रवेश गरेपछि याहु च्याटको ज्वाइन द रुम आउँछ । त्यसभित्र प्रवेश गरेपछि रोमान्स, रिलिजियस, स्कुल, गेम्सजस्ता कुनै पनि क्याटोगोराइजभित्र गएपछि त्यहाँ अनलाइनमा रहेका दजनौं मित्र भेटिन्छन् । अनलाइनका मित्रहरूले नाम र याहुको परिचयअनुसार सन्देश प्रवाह गर्छन् ।

याहुको म्यासेन्जरमा रोमान्स र रिलिजियस क्याटोगोराइज भित्र पसेपछि साँझ र रातका समयमा अत्यन्त अश्लील शब्द राखेर प्रस्तुत भएका प्रयोगकर्ता छ्यापछ्याप्ती भेटिन्छन । सिधैं नेपाली र अत्यन्तै अश्लील शब्दसँग युवाहरू आपत्तिजनक वार्तालापमा कसरी व्यस्त हुन्छन् ? त्यो साइट भिजिट गर्दा थाहा हुन्छ । हेटौंडाका एक साइबर सञ्चालकका अनुसार पहिले लुकीलुकी यौन साइट हेर्न रुचाउने अधिकांश टिनएजर अहिले यौनमा च्याट व्यस्त हुन थालेका छन् । आफ्नो टाढाको साथीसँग यौनांग देखाएर यौनआनन्द लिने चलन इन्टरनेट प्रयोगकर्ताहरूमा ह्वात्तै बढेको छ ।

टिन एजरहरूले अश्लील तस्बिर र शब्दहरू ट्याग र पोस्ट गरेर फेसबुक सामाजिक सञ्जाललाई बदनाम गराइरहेको आरोप लागिरहेका बेला वेबक्यामेरा र इयरफोनको सहायताले याहु मेसेन्जरलाई पनि बदनाम गर्न खोजिएको त होइन ? भन्ने प्रश्न पनि उब्जिएको छ । भर्खर १२ कक्षा सकेका एक युवा आफू याहु मेसेन्जरमा प्रत्यक्ष यौनको नशामा डुबिरहेको बताउँछन् । रातको १० बजेपछि कोठामा एक्लै याहु मेसेन्जरमार्फत स्वदेशी र विदेशी युवतीहरूसँगको रोमान्समा झन्डै आधारात बिताउने पोखराका अर्का एक युवाले फेसबुकमा प्रत्यक्ष कुराकानी सुविधा नभएकाले आफू याहु म्यासेन्जरमार्फत यौनको संसारमा हराउने गरेको अनुभव सुनाए ।

फेसबुकमा राम्रा-राम्रा युवतीलाई साथी बनाएपछि बिस्तारै याहु म्यासेन्जरमा आउन आग्रह गर्नेे र पछि भ्वाइस च्याट र त्यसपछि प्रत्यक्ष कुराकानीमा हराउँदै अन्ततः वास्तविक यौनसम्पर्क गर्ने युवाहरू प्रशस्तै छन् । चलाउन सजिलो र राम्रो सर्वरका कारण याहु म्यासेन्जरमार्फत यौनको संसारमा  हराउने युवतीहरू पनि उत्तिकै भेटिन्छन् । बीकम दोस्रो वर्षमा अध्ययनरत एक युवतीका अनुसार गर्भधारण र विभिन्न यौन रोगबाट बच्न पनि इन्टरनेटमार्फत यौनको आनन्द लिनु उत्तम वैकल्पिक उपाय हो ।

No comments:

Post a Comment