मनकी धनी सिपोरा

माया र खुसी जति बाँडियो, त्यो फर्केर पनि उत्तिकै आउँदो हो। पोखरेली भलिबल खेलाडी सिपारो गुरुङ मनकी धनी छिन्। कसैलाई केही पर्‍यो भने मद्दत गर्नेमा सिपोरा अगाडि हुन्छिन्। सिपोरासँग केही छ र  कसैले त्यसलाई मन परायो भने बुझे हुन्छ, त्यो उसैको भयो। यसपल्ट भने नेपाली खेलप्रेमीहरूले सिपोरालाई माया गर्ने समय थियो, उनलाई पल्सर लोकपि्रय खेलाडीको एवार्ड दिलाए। उनले एवार्डको दौडमा  बक्सिङका दीपक महर्जन, पौडीकी श्रेया धिताल, क्रिकेटका राहुल विक तथा फुटबलका सागर थापालाई पछि पारिन्।

सिपोरा यसको सम्पूर्ण श्रेय दिन चाहन्छिन्— पोखरेली दाजुभाइ तथा दिदी-बहिनीहरूलाई। 'सायद पोखरामा नभइ अन्य स्थानमा भएको भए मैले यति ठूलो सफलता हात पार्ने थिइन्', सिपोराले भनिन्, 'पो खराको माया मेरा लागि निकै महत्वपूर्ण रह्यो।'

पोखराको सकारात्मक वातावरणले आफ्नो खेल जीवनको ठूलो टेवा पुगेको उनको विश्वास छ। 'पोखरामा नजन्मिएको भए यति धेरै चर्चा पाइँदैनथ्यो होला', उनले भनिन्। सिपोराले २००६ मा भएको कोलम्बो   दक्षिण एसियाली खेलुकदमा -साग) मा १३ वर्षकै सानो उमेरमा देशको प्रतिनिधित्व गरेकी थिइन्, जहाँ नेपाली महिला टिमले कास्य पदक जित्यो। त्यसपछि महिला भलिबल टिमले अन्तर्राष्ट्रिय खेलमा  सहभागिता जनाउने मौका पाएको छैन। जसलाई लिएर उनी निकै निराश छिन्। 'घरेलु प्रतियोगिता मात्र कति खेल्ने ? अन्तर्राष्ट्रिय स्तरमा पनि खेल्न पाए पो हुन्थ्यो', उनले सरकारबाट पहल हुनुपर्ने बताउँदै  भनिन्, 'अवसर पाए अन्तर्राष्ट्रिय क्षेत्रमै देशका लागि केही गर्न सक्ने क्षमता छ।'

गुरुङको खेलजीवन स्कुलबाटै सुरु भएको हो। उनी एथलेटिक्स र भलिबलमा माहिर छिन्। स्कुलले जीवनमा उनले निकै मेडल र प्रमाणपत्र ल्याइन। कक्षा ३/४ मा अध्ययन गर्दाताकादेखि नै उनले भलिबल खे ल्न थालिसकेकी थिइन्।

संयोग स्कुलमा पढाइका साथै खेलकुदमा पनि सहभागिता जनाउनुपर्ने। त्यसपछि उनले एथलेटिक्स र भलिबललाई सँगसँगै लगिन्। 'सुरुवातमा त रमाइलोका लागि मात्र खेलें। खेल्दै जाँदा राम्रो हुँदै गयो', १२  कक्षामा अध्ययनरत गुरुङले भनिन्, 'त्यसपछि त भलिबलमै रमाइरहेको छु।' उनको भलिबल गुरु जीवन चौधरी हुन्। सिपोरा चौधरीकै प्रशिक्षणका कारण पश्चिमाञ्चलमा राम्रो भलिबल खेलाडी उत्पादन भएको  बताउँछिन्। पश्चिमाञ्चलबाट राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्ने सिपोराले सानैदेखि कुशल खेल प्रस्तुत गर्दै आएकी छिन्। विभागीय टिमलाई चुनौती दिने एक मात्र टिम पश्चिममाञ्चल नै देखिएको छ।  उनले आफ्नो टिमलाई राष्ट्रिय अनि अन्य साना प्रतियोगितामा धेरै सफलता दिलाइसकेकी छिन्। धेरै पल्ट उनी प्रतियोगितामा उत्कृष्ट खेलाडी समेत चुनिएकी छिन्।

खेलसँगै उनको पढाइ पनि त्यत्तिकै राम्रो छ। एसएससीमा उनले ८९ प्रतिशत अंक ल्याएकी थिइन्। उनलाई मनको धनीभन्दा फरक नपर्ला। निकै उदार छिन्। गरिब, असहाय मानिसलाई देख्नेबित्तिकै सहयोग  गरिहाल्छिन्। उनले धेरै सामाजिक संस्थालाई सहयोगसमेत गरेकी छिन्।

पल्सर लोकपि्रय खेलाडी भएको भोलिपल्टै पाएको पूरै ३० हजार रकम उनले पोखराको साहारा क्लब र सानो संसार बालगृह तथा लमजुङको लमजुङ युनाइटेडलाई दिने घोषणा गरिन्। चलचित्रमा मन  नपराउने सिपोरा संगीतकी पाखरी हुन्। 'अन्तिम चलचित्र हेरेको दुई वर्ष भयो, एएसएससी दिएपछिको खाली समयमा हेरेकी थिएँ, हेर्न मन लाग्दैन', गुरुङले भनिन, 'म्युजिक भने निकै मन पर्छ। सधैं सुन्छु।'  उनलाई स्लो म्यूजिक निकै मन पर्छ। सिपोरा संगीतकार तथा गायक एआर रहमानकी

प्रशंसक हुन्।

उनी चिसो ठाउँमा घुम्म मन पराउँछिन्। एभरेस्ट बेस क्याम्प जाने उनको इच्छा छ। 'अन्नपूर्ण र माच्छापुच्छे्र क्याम्प त गएकी छु,' सिपोराले भनिन्। भलिबलमै जिवन बिताउने उनको लक्ष्य छ। 'भलिबलले नै  गर्दा चर्चामा आए। यसलाई कहिल्यै छाड्न सक्दिन', उनले भनिन्, 'अर्को फिल्डमा काम गर्नुपरे निकै सोच विचार गर्नेछु।'

छोटो-मीठो

मन पर्ने रङ ?

रातो र सेतो ।

मन पर्ने खाना ?

दाल, भात तरकारी र कुखुराको मासु ।

नजिकको साथी ?

ममी । 

मन पर्ने गीत ?

होल दिल -मर्डर टु) ।

भलिबल खेलाडी नभएको भए ?

अर्कै खेलमा हुन्थें ।

मन पर्ने पहिरन ?

साडी ।

ब्वाइ-प|mेन्ड छ ?

अहिलेसम्म त छैन ।

घुम्न मन पर्ने स्थान ?

चिसो ठाउँ । जस्तै, अन्नपूर्ण

बेस क्याम्प ।

No comments:

Post a Comment