अमेरिकाको ‘डेथ भ्याली’ मा हिडने ढुङ्गा

ढुङ्गा निर्जीव हो भन्नेमा दुईमत छैन । अब निर्जीव मानिएको यस्तो 
वस्तु आफाै हिड्न थालेपछि भने सर्वसाधरण मात्र हैन, वैज्ञानिकहरु पनि हैरान भएका छन् । विषम वातावरणीय परिस्थितिका कारण मानिस नबस्ने अमेरिकाको ‘डेथ भ्याली’ मा यस्तै घसि्रएर आफै हिड्ने कैयौ ढुङ्गाहरु फेला परेका छन् । समथर भूमिमा ती ढुङ्गाहरुले बनाएको गोरेटो बाटोहरु पनि प्रष्ट देख्न सकिन्छ । गि्रष्ममा सुख्खा अनि अलिअलि हिलो हुने र हिउादमा हिाउले छोपिने उक्त उपत्यकाकोे अनुसन्धानका लागि भूगर्भशास्त्रीहरुको एक समूह त्यहा पुगिसकेको छ ।
विगत एक दशकदेखि भइरहेको ढुङ्गाको चालले प्रकृतिको अर्को रहस्य बाहिर ल्याएको बताउाछन् अनुसन्धानमा संलग्न भूगर्भशास्त्रीहरु । जसमध्ये केही भन्छन्- ‘समथर भूभागमा माटो अलि नरम हुादा र हल्का हिाउ परेपछि ढुङ्गा हिड्ने गर्छ ।’ तर अर्का थरी भूगर्भविद्हरु भने यस्तो निष्कर्षमा सहमत छैनन । गि्रष्म याममा ढुङ्गा नै सुक्न तातो तापक्रममा ढुङ्गा घस्रने हुादा हिलोले चिप्ल्याएको हुन सक्ने सम्भावनालाई उनीहरुले अस्वीकार गरेका छन् । त्यसमाथि ढुङ्गाले सानो खाडल नै बनाएर अगाडि गतिशिल भएको भू-दृश्य यत्रतत्र देख्न सकिन्छ । अचम्म लाग्दो कुरा के छ भने ढुङ्गाहरु एक अर्कासाग समानान्तर भएर अघि बढेको पाइन्छ ।
वर्षबित्दै जाादा ती ढुङ्गाहरुले पनि आˆनो बाटो परिवर्तन गर्ने गरेको भूगर्भशास्त्रीहरुले पत्ता लगाएका छन् । केहिले रेखीय र अन्यले अण्डाकार, बाङ्गोटिङ्गो ट्रयाकहरु बनाएको देखिन्छ । यद्यपी कसैले पनि अहिलेसम्म नाङ्गो आाखाले हिाडेको नदेखेको र यसको गतिबारे थाहा नपाएको बताएका छन् । २ देखि ५ वर्षको अवधिमा केहि ढुङ्गाभन्दा अन्य ढुङ्गाले बढी नै दुरी तय गरेको भूगर्भशास्त्रीले बताएका छन् । ढुङ्गा कसरी हिड्यो अनि ट्रयाकहरु कसरी बने, यो अझै रहस्य नै छ /

No comments:

Post a Comment