आर्ट ग्यालरीमै बच्चा पाउँदा…

बच्चा जन्माउने बेलाको क्षण महिलाका लागि निकै संवेदनायुक्त हुन्छ र यो बेला अरुले नदेखुन् भन्ने चाहना हुन्छ उनको । तर अमेरिकाकी एक कलाकारले भने धेरै दर्शकको सामुन्ने आर्ट ग्यालरीमै बच्चा जन्माएकी छिन् ।

३६ कलाकार मर्नी कोटाकले न्युयोर्कको ब्रुकलिनमा रहेको आर्ट ग्यालरीमा धेरै दर्शकका सामुन्ने छोरा एजाक्सलाई जन्माएकी हुन् ।

मानिसको जिवन आफैमा कलाको सबैभन्दा महत्वपूर्ण भाग हो भन्ने देखाउन आफुले आर्ट ग्यालरीमै बच्चा जन्माएको उनले प्रतिक्रिया दिएकी छिन् ।



आर्ट ग्यालरीले कोटाकको प्रशव वेदना सहित बच्चा जन्माउँदाको सबै क्षणलाई कैद गरी तयार पारेको भिडियो पनि हालै सार्वजनिक गरेको छ । उनलाई बच्चा जन्माउनका लागि सानो पोखरी जस्तो ठाउँमा राखिएको थियो । ८ घण्टाको प्रशव वेदनापछि उनले छोरालाई जन्म दिएकी थिइन् । छोरा जन्माएपछि उनले नवजात शिशुलाई प्रेमपूर्वक हातमा लिएकी थिइन् । पछि उनका पति ज्यासोन रोबर्टले छोरालाई छोपेका थिए ।

सबैलाई देखाएर बच्चा पाउने आफ्नो कामप्रति गौरव गर्दै कोटाकले भनेकी छिन्, ‘बच्चा जन्माउने काम जीवनको निकै रोचक र सुन्दर रचना हो , यसलाई किन लुकाउने ?’

कोटाकले विगत दश वर्ष यता सोही आर्ट ग्यालरीमा आफ्नो जीवनलाई कलाका रुपमा प्रस्तुत गर्दै विभिन्न प्रस्तुती देखाउँदै आएकी छिन् ।